अफ्रिकाबाट सैनिक फर्किए, यताका उता पुगे

अफ्रिकाबाट सैनिक फर्किए, यताका उता पुगे

संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाको अदलीबदली भएको छ।

राष्ट्रसंघको आह्वानमा ‘युनाइटेड नेसन्स् मल्टीडाइमेसनल ईन्टिग्रेटेड स्ट्याबिलाइजेसन मिसन इन द सेन्ट्रल अफ्रिकन रिपब्लिक’ मा तैनाथ हुन नेपाली सेनाको गोरखनाथ गण चौथो डफ्फा त्यहाँ पुगेको हो । 

गएराति इलाकातर्फ प्रस्थान गरेको नेपाली शान्ति सैनिकको दुई सय २५ सदस्यीय टोली आज त्यहाँ पुगेको सैनिक जनसम्पर्क तथा सू्रचना निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका अनुसार मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका लाइट इन्फन्ट्री बटालियन (एलआईबी) अन्तर्गत युद्धभैरव गण तेस्रो डफ्फाका सैनिकहरु पनि स्वदेश फिर्ता भइसकेका छन् । 

हाल उक्त मिसनमा नेपाली सेनाका एक हजार एक सय ८८ जना सैनिक कार्यरत छन् ।
 

टिप्पणीहरू