बजेट ल्याउने बेला मन्त्री गायब
यतिखेर बागमती प्रदेश सरकारको नेतृत्व माओवादीका शालिकराम जमकट्टेले गरिरहेका छन् ।
११ मन्त्रालयमध्ये ६ जना मात्रै मन्त्री छन् । बाँकी मन्त्रालय जमकट्टेल आफैँले सम्हालेका छन् । चुनाव ताकाको सत्ता गठबन्धन ब्युँतिएपछि कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा संयुक्त सरकार बनेको २ महिना पुग्न लाग्दासमेत मन्त्रालय भरिभराउ छैनन् ।
माओवादी र कांग्रेसबीच मन्त्रालय बाँडफाँटको विषय नमिलेकाले सरकार बिस्तार हुन नसकेको हो । स्रोतका अनुसार सरकारमा एकीकृत …