विदेश गइरहने एमालेका माननीय स्वदेश फर्के

विदेश गइरहने एमालेका माननीय स्वदेश फर्के

स्वदेशमा भन्दा आकाश र विदेशमा धेरै समय बिताउने गरेका नेकपा एमालेका सांसद तथा परिवार दलका अध्यक्ष एकनाथ ढकाल स्वदेश फर्किएका छन् । 

थाई स्माइल एयरलाइन्सको उडान नम्बर डब्लुई ३१९ बाट उनी आज दिउँसो काठमाडौँ आइपुगेका हुन् । ढकाल वैशाख मसान्तका दिन दिउँसो थाइल्याण्डको राजधानी बैंकक हुँदै कोरिया गएका थिए । 

त्यसअघि ढकाल अघिल्लो मंगलबार हङकङ हुँदै सिओलबाट राति १० बजे स्वदेश फर्केर साढे १२ बजे सोही विमानमा हङकङलाई ट्रान्जिट बनाएर पुनः कोरिया गएका थिए । 

होलिवाइन उपनामले समेत प्रख्यात ढकाल परिवार दलका अध्यक्ष हुँदाहुँदै एमालेमा पोलिटब्यूरो सदस्यसमेत छन् । फिलिपिन्स ससुराली भएका उनी हङकङ, मलेसिया, कोरिया, अष्ट्रेलिया, भारत, फिलिपिन्स नियमित आउजाउ गरिरहन्छन् । 

वैशाख महिनामा मात्रै उनी भारत, सिंगापुर, कोरिया, हङकङ गइसकेका छन् । त्यसअघि मलेसिया, फिलिपिन्स, अष्ट्रेलिया गएका थिए ।

टिप्पणीहरू