बेपत्ता प्रहरीको खोजी व्यापक

बेपत्ता प्रहरीको खोजी व्यापक

नेपाल प्रहरीले सम्पर्कविहीन डेढ दर्जन बढी कर्मचारीको खोजबिन थालेको छ । प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना निकालेर लामो समयदेखि गैरहाजिर २० जना कर्मचारीलाई सम्पर्कमा आउन भनेको हो । 

यसअघि पनि पटकपटक सूचना टाँस गर्दासमेत उनीहरू सम्पर्कमा नआएको जनाउँदै कार्यालयले अन्तिम मौका दिएको बताएको छ । आगामी सात दिनभित्र चित्तबुझ्दो लिखित स्पष्टीकरणसहित उपस्थित नभए बर्खास्त गर्ने चेतावनी पनि दिइएको छ । 

स्पष्टीकरण सोधिएकामा प्रहरी सहायक निरीक्षक (असई) रविन्द्र कार्की, सहायक हवल्दार दिनेश अधिकारी र शेरबहादुर सुनार, प्राविधिक सहायक हवल्दार प्रकाश खड्का, प्राविधिक जवान ज्ञानिकला तामाङ छन् । 

त्यस्तै, जवानहरु सरोज नेपाली, नवराज कवर, विपिन खतिवडा, मिलन राई, धनबहादुर राउत, विकास राई, विकल राई, विनोद गुरुङ, पृति नेपाली, आदित्य बगाले, निर्मल तिलिजा, हेमराज चौधरी, मनिसा श्रेष्ठ, कृष्ण विक र कमलबहादुर बगालेलाई पनि स्पष्टीकरण सोधिएको छ । 

‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईंहरुउपर प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११३ को उपनियम (१) खण्ड (च) को कसुरमा ऐ.नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने,’ सूचनामा भनिएको छ ।
 

टिप्पणीहरू