पहिचानवादीको निशानामा एमाले भोजपुरका नेता, कार्यकर्ता
नेकपा एमाले भोजपुर जिल्ला कमिटीले कोशी प्रदेशका पहिचानवादीले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई निशाना बनाएकोमा चर्को असन्तुष्टि जनाएको छ ।
एमाले भोजपुरले पछिल्लो समय पहिचानवादीको आवरणमा केही समूहले दलको शान्तिपूर्ण कार्यक्रममा अवरोध गर्ने र नेतामाथि आक्रमणको प्रयास गरिरहेको आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
इलाममा कोशीका सांसद एवम् पूर्वमन्त्री रामराना मगर र केही समयअघि झापामा एमाले अध्यक्ष केपी ओलीमाथि भएको आक्रमणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको एमाले भोजपुरका …