सरकारले नदीजन्य सामग्री पुनः निर्यात गर्ने

सरकारले नदीजन्य सामग्री पुनः निर्यात गर्ने

सरकारले गिटी, बालुवा, ढुंगालगायत नदीजन्य सामग्रीको निर्यात गर्ने अवधारणा अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहनुभएको सरकारको नीति तथा कार्यक्रममा गिटी, बालुवा, ढुंगाको व्यवसायिक उत्पादनका लागि कानून निर्माण गरिने उल्लेख गर्नुभएको छ । 

नीतिमा भनिएको छ, ‘यसको निर्यातको सम्भावना खोजी गरिनेछ ।’ यसअघि सरकारले बजेटमा उक्त नीति राखे पनि चर्को विरोधपछि हटाएको थियो ।

टिप्पणीहरू