राष्ट्रपतिलाई आज तडकभडक नचाहिने

राष्ट्रपतिलाई आज तडकभडक नचाहिने

राष्ट्रपति सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन जाने क्रममा सडक खालि गराउने र तामझाम देखाउने यसअघिको अभ्यास यो वर्ष तोडिने भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेल आफैँले भिआईपी सुरक्षाका नाममा जनतालाई सास्ती हुनेगरी सडक खालि नगर्न निर्देशन दिनुभएपछि अघिल्ला वर्षहरुमा जस्तो तामझाम नहुने भएको हो । यसअघिका दुवै राष्ट्रपति संसद भवन जाँदा शीतल निवासदेखि नयाँ बानेश्वरसम्मको सडक खाली गराइएको थियो ।

तर, ती अभ्यासको चौतर्फी बिरोध भएकाले यसपटक राष्ट्रपति पौडेलले सामान्य तरिकाले संसद भवन जाने इच्छा देखाउनुभएको बताइन्छ । त्यसका लागि नेपाली सेनाले सोहीबमोजिम सुरक्षालगायत अन्य प्रबन्ध मिलाएको हो । रिसल्लासहितको कारकेड संसद भवनभित्र मात्रै प्रयोग गर्ने तयारी छ । 

आर्थिक वर्ष २०८०÷०८१ को सरकारको नीति तथा कार्यक्रम आज दिउँसो ४ बजे संघीय संसद्को संयुक्त सदनमा राष्ट्रपतिले प्रस्तुत गर्ने कार्यक्रम छ ।

टिप्पणीहरू