कर प्रणाली पुनरावलोकन गर्ने सरकारको घोषणा

कर प्रणाली पुनरावलोकन गर्ने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्षदेखि कर प्रणाली पुनरावलोकन गर्ने घोषणा गरेको छ । 

सरकारको तर्फबाट संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त जानकारी दिनुभएको हो ।

त्यसक्रममा उहाँले राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने उल्लेख गर्दै राजस्वको दायरा विस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने जानकारी दिनुभयो । 

राष्ट्रपति पौडेलले अहिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनु भएको छ ।

टिप्पणीहरू