माओवादीका 'हाइ प्रोफाइल' नेताहरुको ठूलो टोली उत्तरको भ्रमणमा

माओवादीका 'हाइ प्रोफाइल' नेताहरुको ठूलो टोली उत्तरको भ्रमणमा

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरूको एक टोली चीन भ्रमणमा निस्किएको छ । उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागि सो पार्टीका उच्च तहका चार जना नेता आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

पूर्वसभामुखसमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा २० जनाको टोली आज बिहान छेन्दु उडेको बताइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टीस्तरीय अनुभव आदान-प्रदानका लागि भ्रमण हुन लागेको टोलीका सदस्य जीपी मैनालीले जानकरी दिए ।

भ्रमण दलमा सापकोटासहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य रहेका छन् । त्यस्तै, माओवादी केन्द्रका प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि भ्रमण टोलीमा सामेल छन् । 

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।
 

टिप्पणीहरू