क्याबिनेटअघि प्रधानमन्त्री र काँग्रेस सभापतिको छुट्टै भेट

क्याबिनेटअघि प्रधानमन्त्री र काँग्रेस सभापतिको छुट्टै भेट

सत्ता गठबन्धनमा आबद्ध १० राजनीतिक दलको बैठकमा सहभागी हुन जानुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टै भेटवार्ता गर्नुभएको छ । दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकपछि उहाँहरुबीच करिब आधा घण्टा गोप्य भेटवार्ता भएको बताइएको छ ।

उहाँहरुको कुराकानीपछि प्रधानमन्त्री प्रधानमन्त्री कार्यालयमा राखिएको क्याबिनेट बैठकमा सहभागी हुनुभएको हो । सभापति देउवा ४ बजेको हाराहारीमा सिंहदरबारबाट बाहिरिनुभयो ।

टिप्पणीहरू