राष्ट्रपति संसद भवन जानुअघि सिंहदरबारमा क्याबिनेट बैठक

राष्ट्रपति संसद भवन जानुअघि सिंहदरबारमा क्याबिनेट बैठक

राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने छ । दिउँसो ४ बजे उहाँले संसद भवन नयाँ बानेश्वर पुगेर संसद बैठकलाई सम्बोधनसँगै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा आगामी वर्ष औद्योगिक विकास गर्ने, पूर्वाधारमा व्यापक लगानी बढाउने, जलविद्युतको उत्पादन र आन्तरिक खपत बढाउने, शिक्षा र स्वास्थ्य सेवामा रहेको सर्वसाधारणको पहुँचलाई थप विस्तार गर्नेलगायत विषय समेटिएको बुझिएको छ ।

आजै मध्यान्ह मन्त्रिपरिषद् बैठक राखिएको छ । सिंहदरबारमा १२ बजे क्याबिनेट बैठक बस्ने बताइएको छ ।
 

टिप्पणीहरू