चौधरीको चर्तिकला महालेखाबाट च्याप्पै
सकेसम्म कानुन र नियममा रहेको छिद्रबाट काम फत्ते गर्ने, नसके फर्जी कागजात र सेटिङमा घप्लाबाजी गर्ने माननीय विनोद चौधरीको फर्मुला उनको सिजी मोटर्सले अपनाएको छ । चीनबाट आयातित विद्युतीय गाडीको क्षमता र सिट संख्यालाई कागजमा मिलाएर ५० करोडभन्दा बढी रूपैयाँ राजश्व छलेको विषय महालेखापरीक्षकको कार्यालयमा चर्को बहसको विषय बनेको छ ।
महालेखाले सिजी मोटर्सको तर्फबाट तिर्नुपर्ने आधा अर्बभन्दा बढी बेरुजु खुट्याएपछि बिवाइडीलगायत अन्य मोटर कम्पनीहरूले पनि चौधरीकै फर्मुला अपनाएर …