चैतमा सडक तताउने प्रभुको तयारी

चैतमा सडक तताउने प्रभुको तयारी

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले चैत २४ गते काठमाडौँमा विशेष प्रदर्शन गर्ने भएको छ । 

आज बसेको सो पार्टीको उपत्यका विशेष कमिटीको बैठकले दलाल दलतन्त्र र भ्रष्टाचारविरुद्ध प्रदर्शनसँगै खबरदारी सभा गर्ने निर्णय गरेको हो । त्यसैगरी, सरकारको कर आतंकविरुद्ध जागरण अभियान चलाउने बैठकको अर्को निर्णय छ । 

आजपाले यहीँ माघ २६ गते काठमाडौंमा कर आतंकविरुद्ध अन्तरक्रिया कार्यक्रम पनि गर्न लागेको छ ।

टिप्पणीहरू