रास्वपाले रविको नाममा सदन चर्काउने

रास्वपाले रविको नाममा सदन चर्काउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको विषय संसदमा उठाउने भएको छ ।

आज बसेको संसदीय दलको बैठकले सहकारी काण्डमा मुद्दा खेपिरहेका सभापतिको पक्षमा प्रतिनिधिसभा बैठकमा कुरा उठाउने निर्णय गरेको हो । सचेतक निशा डाँगीले यो विषय संसदमा निरन्तर उठाउने निर्णय भएको बताइन् । 

संसदमा दर्ता भएका अध्यादेश, आकस्मिक,विशेष र शून्य समयमा उठाउनुपर्ने विषयमा बैठकमा छलफल भएको उनले जानकारी दिइन् । ‘दलको बैठकमा तीन वटा एजेण्डा राखेका थियौं । संसदमा दर्ता भएका विषय,अध्यादेशको विषय र संसदको आकस्मिक,विशेष र शुन्य समयमा उठाउनुपर्ने विषय थिए', डाँगीले भनिन्, 'अबको प्रतिनिधि सभाको बैठकमा पार्टीका एजेण्डा र सभापति रवि लामिछानेका विषयमा बोल्ने निर्णय गर्यौँ ।'

रास्वपाले संसदमा दर्ता गरेको अध्यादेश अस्वीकारको सूचनामा बोल्ने सांसदहरु नाम पनि टुंगो लगाएको छ ।
 

टिप्पणीहरू