शेखर खेमाका काँग्रेसीहरुको आरआरमा भेला

शेखर खेमाका काँग्रेसीहरुको आरआरमा भेला

नेपाली कांग्रेसको संस्थापन इतर खेमाका नेता डा. शेखर कोइरालानिकट विद्यार्थीहरूले काठमाडौँमा अलग्गै भेला गरेका छन् । 

नेविसंघमा इतर पक्षको तर्फबाट प्रतिनिधित्व गर्ने विद्यार्थीहरु आज प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसको सभा हलमा जम्मा भएका हुन् । दिउँसो साढे १ बजेदेखि शुरु भएको उक्त भेलामा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की, नेविसंघका पूर्वअध्यक्ष तथा पार्टीका युवा नेता गुरुराज घिमिरे, रञ्जित कर्ण, भूपेन्द्रजंग शाही, शिव रिमाललगायतका नेताहरु उपस्थित थिए । 

आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनलाई लक्षित गरी बोलाइएको भेलामा उपत्यकाका विभिन्न विश्वविद्यालय र आंगिक क्याम्पसहरुका विद्यार्थी नेता र स्ववियु सभापतिहरू सहभागी थिए । त्यस्तै, तरुण दलका कार्यकर्तासमेत कार्यक्रममा उपस्थित भएको बताइएको छ । 

भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले स्ववियु निर्वाचनमा अरु सङ्गठनसँग तालमेल नगरी निर्वाचनमा जानुपर्नेमा जोड दिए । पार्टीका नेताको चाकडी गरेको भरमा टिकट दिने प्रवृत्तिविरुद्ध उभिन उनले शेखर सम्वद्ध विद्यार्थीहरुलाई निर्देशनसमेत दिएको जनाइएको छ ।

टिप्पणीहरू