रवि लामिछानेलाई हिरासतमा राख्न आदेश
सहकारी ठगी मुद्दाका प्रतिवादी रवि लामिछानेलाई प्रहरी हिरासतमा राख्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।
सहारा चितवन सहकारीको रकम हिनामिनामा मुद्दा चलाइएका उनको आज थुनछेक बहस नसकिएपछि न्यायिक हिरासतमा पठाइएकाे हाे । न्यायाधीश दयाराम ढकालको इजलासले थुनछेक गर्न भोली बिहान ११ बजे उपस्थित गराउनेगरी आज थुनामा राख्न आदेश दिएको बताइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले हिजो लामिछानेसहित १५ जना व्यक्ति र पाँच कम्पनीविरुद्ध अभियोजन दर्ता गरेकोमा आजबाट सुनुवाई भएको हो । बिहान आफैं अदालतमा उपस्थित भएर दुई घण्टा बयान दिएका लामिछानेको मुद्धामा सरकारी वकिलको तर्फबाट रवि न्यौपाने, अमृत सुवेदी र बुद्धबहादुर थापाले बहस गरेका थिए ।
जाहेरकर्ता (पीडित)को तर्फबाट रमेश काफ्ले बहस सकेसँगै मुद्दा हेर्दाहेर्दैमा गएको छ । भोलि लामिछानेतर्फका वकिलहरुले बहस गर्ने छन् ।
स्मरण रहोस्, यसअघि पनि काठमाडौँमा पनि थुनछेक बहस चलिरहँदा अदालतको आदेशले लामिछाने न्यायिक हिरासतमा गएका थिए । तर, रुपन्देही जिल्ला अदालतले भने बाहिरै बस्न सुविधा दिएको थियो ।
टिप्पणीहरू