रविको मुद्दामा आजै आदेश आउने
चितवनको सहारा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ ।
हिजो जिल्ला अदालतमा उपस्थित भएर दुई घण्टा बयान दिएका लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, जगन्नाथ पौडेल, धर्मराज आचार्यसहित ६ जनाले बहस गरेका थिए ।
त्यस्तै, सरकारी वकिलको तर्फबाट रवि न्यौपाने, शम्भुकुमार बस्नेत, दशरथ पंगेनी, भोलानाथ निरौला, बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरे । जाहेरकर्ता (पीडित)को तर्फबाट वरिष्ठ अधिवक्त…