मन्त्रीसँग भारतीय राजदूतको एक घण्टा वार्तालाप

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । मन्त्री दाहाल र राजदूत श्रीवास्तवबीच सिंहदरबारस्थित भौतिक पूूर्वाधार तथा यातायात मन्त्रालयमा कुराकानी भएको बताइन्छ ।
उहाँहरुबीच बिहान साढे ११ बजदेखि मध्यान्ह साढे १२ बजेसम्म एक घण्टा भेटवार्ता भएको हो । कुराकानीको विषयबारे मन्त्रालय र दूतावास दुबै पक्षले विस्तृत रुपमा थप जानकारी दिएका छैनन् ।
टिप्पणीहरू