रिलायन्सको पहिलो चरणको आईपीओ बाँडफाँड
रिलायन्स स्पिनिङ्ग मिल्सको पहिलो चरणको साधारण सेयर (आईपीओ) बाँडफाँट गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन तथा बिक्री खुला गरिएको आईपीओ आज बाँडफाँट भएको हो ।
विदेशमा रोजगारी गरिरहेका नेपालीलाई लक्षित गर्दै रिलायन्सले गत मंसिर २२ गतेदेखि २५ गतेसम्म आईपीओ खुला गरेको थियो । एक लाख १५ हजार ५९६ कित्ता सेयरका लागि ३५ हजार १०२ जनाबाट १९ लाख ४४ हजार ३३० कित्ता सेयरका लागि आवेदन परेको थियो ।
यो मागभन्दा झण्डै १७ गुणाबढी आवेदन हो । यद्यपि, प्रतिआवेदन न्यूनतम ५० कित्ताका दरले बाँडफाँट गर्नुपर्ने व्यवस्थाबमोजिम गोलाप्रथा विधिद्धारा दुई हजार ३११ जनालाई एक लाख १५ हजार ५९६ कित्ता सेयर परेको छ । रिलायन्सको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
टिप्पणीहरू