शाखाको भ्रष्टाचारमा हेड अफिस मौन, उजुरकर्ता कारबाहीमा !
विराटनगरस्थित साल्ट ट्रेडिङ्ग, कोशी प्रदेश कार्यालयमा भएको भ्रष्टाचारलाई केन्द्रीय कार्यालयले नै ढाकछोप गरेको आरोप लागेको छ । भ्रष्टाचारबारे जानकारी हुँदा पनि केन्द्रीय कार्यालय ‘तैं चुप, मैं चुप’ मा बसेपछि अनेक आशंका गरिएको छ ।
प्रदेश कार्यालयका प्रमुख व्यवस्थापक राधेश्याम चौधरीको नेतृत्वमा केही उपल्ला कर्मचारीहरु मिलेर हुँदै आएको भ्रष्टाचारको विषयमा केही कर्मचारीहरुले स–प्रमाण उजुरी दिएका हुन् । गहन छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्नेमा केन्द्रीय …