ठगहरुलाई विश्वास गरेपछिको दुःखद् परिणाम
वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ठगी गर्ने गिरोह समातिएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले उक्त गिरोहका पाँच जनालाई नियन्त्रणमा लिएको हो । विभिन्न सामाजिक सञ्जालको माध्यमबाट वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिने विज्ञापन पठाएर उनीहरुले बाबुछोराबाट ६७ लाख ठगेका हुन् ।
ठगहरुले ह्वाट्सएप, टेलिग्राम, भाइबर आदिबाट वैदेशिक रोजगारीको विज्ञापन पठाउँथे । विराटनगर महानगरपालिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरीले विज्ञापन देखेपछि सम्पर्क गर…