सैनिक हेलिकप्टरमा गृह जिल्ला पुगेका राष्ट्रपति लमजुङ जाँदै
राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ जानुभएको छ । उहाँ आज मध्याह्न १२ बजे सैनिक हेलिकप्टरमा काठमाडौँबाट त्यता प्रस्थान गर्नुभएको हो ।
नेपाली सेनाको एनए-०६७ अगष्टा हेलिमा राष्ट्रपतिसहित १० जनाको टोली तनहुँको व्यास-८ मा अवतरण गरेको बताइएको छ । राष्ट्रपति पौडेलले पुलिमराङस्थित शहीद स्मारक पार्क पुगेर शहीदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।
आजै मंगला माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहमा सरिक हुन उहाँ लम्जुङको सोतीपसल पुग्नुहुनेछ ।
टिप्पणीहरू