साढे तीन करोड राजस्व चुहावटमा मुद्दा दायर
झण्डै साढे तीन करोड राजस्व चुहावट गरेको आरोप लागेका रुपन्देहीका एक व्यवसायीमाथि मुद्दा चलाइएको छ ।
बुटवल उपमहानगरपालिका–५, नेपालगञ्ज रोडस्थित अलिम इन्टरप्राइजेजका प्रोपाईटर अलिम मियाँविरुद्ध राजश्व अनुसन्धान कार्यालय बुटवलले हिजो मुद्दा दायर भएको हो । उच्च अदालत तुलसीपुरमा दायर आरोप पत्रमा निज प्रतिवादीले भन्सार छलेर तीन करोड ४३ लाख ३९ हजार ४३३ रुपैयाँ राजस्व चुहावट गरेको दावी गरिएको छ ।
राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा ३ द्धारा निषेधित कार्य गरी सोही ऐनको दफा ४ को कसुर गरेको पुष्टि भएको राजस्व अनुसन्धान विभागले जनाएको छ । तीन करोड ४३ लाख ३९ हजार ४३३ रुपैयाँ बिगो, सोही बराबर जरिवाना र हदैसम्मको कैद सजाय मागदावी गरिएको छ ।
टिप्पणीहरू