समाचार

काठमाण्डौबाट छुट्नासाथ भक्तपुर पुर्याइएकी आशिकाको बयान शुक्रबार

आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ्गविरुद्ध भक्तपुर जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ । ‘अपराधिक उपद्रव गर्न नहुने’ कसूरमा उनीविरुद्ध आज जिल्ला सरकारी वकिल कार्यालय,भक्तपुरले अभियोगपत्र दायर गरेको हो ।  प्रहरी वृत्त,जगातीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दायर गरेको जिल्ला प्रहरी कार्यालय,भक्तपुरका नायव उपरीक्षक (डिएसपी) ढुण्डिराज न्यौपानेले बताए । आशिकाको बयान र थुनछेक शुक्रबार हुने उनले जानकारी दिए ।  …

Page 542 of 2011