प्रत्यक्ष निर्वाचित कार्यकारी घाँडो हुने माधव नेपालको ठहर
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधकुमार नेपालले नेपालका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उचित नहुने बताउनुभएको छ ।
समाजवादी मोर्चाले आज काठमाडौँमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । अध्यक्ष नेपालले नेपालजस्तो संवेदनशील देशका लागि संसदीय प्रणाली नै सहि हुने दावी पनि गर्नुभयो ।
मोर्चामा आवद्ध नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टी (नेसपा) प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय स्वरुपको पक्षमा छन् । माधवअघि बोलेका नेसपा अध्यक्ष महिन्द्राराय यादवले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा धारणा राख्नुभएको थियो ।
त्यसको जवाफ फर्काउँदै अध्यक्ष माधवले भन्नुभयो, 'उहाँ(यादव)ले बोलिहाल्नुभयो । तर, प्रत्यक्ष निर्वाचित कार्यकारी घाँडो प्रणाली हो । त्यसमा जानु हुँदैन । नेपालजस्तो संवेदनशील देशमा त्यो प्रणाली अपनाउनु हुँदैन ।'
टिप्पणीहरू