घर कम्पाउन्डको वाल बनाउँदा भेटियो बम

घर कम्पाउन्डको वाल बनाउँदा भेटियो बम

रुकुम पश्चिमको चौरजहारी नगरपालिका -१ एयरपोर्टमा विस्फोटक पदार्थ (सकेट बम) फेला परेको छ ।

हिजो शुक्रवार बेलुका चौरजहारी विमानस्थल नजिकै भेटिएको बम आज बिहान नेपाली सेनाले डिस्पोज गरेको छ । स्थानीय धीरजबहादुर क्षेत्रीको घरको कम्पाउन्डको वाल लगाउन जग खन्ने क्रममा बम फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार स्थानीयले विस्फोटक पदार्थ रहेको भने प्रहरीलाई सूचना दिए लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाङ्गीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। 

घटनास्थलमा विस्फोटक पदार्थ रहेको सकेट बम जस्तो शङ्कास्पद वस्तु देखिएपछि प्रहरीले बम डिस्पोज गरेको जनाएको छ। 

बम डिस्पोजलका नेपाली सेनाको चण्डीदल गणबाट सेनाको टोली घटनास्थल पुगेको थियो । सेनाले आवश्यक तयारीका साथ बम डिस्पोज गरेको हो। सशस्त्र जनयुद्धको बेला उक्त स्थानमा नेपाली सेनाको ब्यारेक रहेको थियो।

टिप्पणीहरू