सवारी साधनको सिट गन्ने गाउँपालिकाको निर्णय

सवारी साधनको सिट गन्ने गाउँपालिकाको निर्णय

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाभित्र प्रवेश गर्ने सवारी साधनले सिटअनुसार शुल्क तिर्नुपर्ने भएको छ । गाउँपालिकाले प्रतिसिट ५० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ । सडक मर्मतसम्भार शुल्कबापत रकम तोकिएको गाउँपालिकाले जनाएको छ । 

त्यसैगरी, ढुवानीका साधनले प्रति क्विन्टल १० रुपैयाँ तिर्नुपर्ने छ । त्यहाँ पुग्ने सवारी साधनले वडा नम्बर १, खरिखोलास्थित नगर प्रहरी पोष्टमा शुल्क बुझाउनुपर्ने छ । 

‘यस खुम्बु पासाङल्हामु गाउँपालिकाको आर्थिक ऐन, २०८१ को दफा १३ एवं अनुसूची १२ मा व्यवस्थाभएअनुसार यस खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रभित्र प्रवेश गरी सञ्चालन गर्ने सवारी साधन सम्बन्धमा देहायबमोजिमको सेवाशुल्क यसै पालिकाको वडा नम्बर १ खरिखोलामा अवस्थित नगर प्रहरी पोष्टमा बुझाउनुहुन...’,जारी सूचनामा उल्लेख छ ।

टिप्पणीहरू