प्रधानमन्त्री सहिदगेटपछि लैनचौर पुग्दै
सरकारले सहिद दिवस मनाउन औपचारिक कार्यक्रम तय गरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले माघ १६ गते मनाइने सहिद दिवसको अवसरमा सहिदहरुको शालिकमा माल्यार्पणसहित औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री तथा उच्च सरकारी अधिकारीहरु भोलि बिहान सुन्धारा नजिकैको सहिदगेट पुगेर सहिद स्मारकमा माल्यार्पण गर्ने कार्यक्रम छ । त्यसपछि लैनचौरस्थित सहिद स्मारकमा श्रद्धाञ्जली व्यक्त गर्ने सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । ‘भोलि सहिद दिवस नेपाल सरकारको तर्फबाट औपचारिक रुपमा मनाउने काम हुन्छ’, बैठकको निर्णयबारे जानकारी दिँदै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीसहित मन्त्रीहरू पहिला सहिदगेट गएर माल्यापर्णसहित श्रद्धाञ्जली अर्पण गर्नुहुन्छ, त्यसपछि लैनचौर जान्छाैं ।’
आजको क्याबिनेटले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सरकारले गम्भीर भएर कामकारवाही अघि बढाउने निर्णय गरेको पनि मन्त्री गुरुङले जानकारी दिनुभयो ।
टिप्पणीहरू