भारतीय विदेश मन्त्रालयका सहायक सचिव भेटघाटमा व्यस्त
नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका सहायक सचिवले आज उपप्रधान तथा अर्थमन्त्री र परराष्ट्र मन्त्रालयका सचिवसँग भेटवार्ता गरेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेटका लागि भारतीय विदेश मन्त्रालयका सहायक सचिव मुनु महवार टोलीसहित मन्त्रालय पुगेको बताइन्छ ।
भेटका लागि नेपालस्थित भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तवसहित तीन सदस्यीय प्रतिनिधि मण्डल अपरान्ह साढे ४ बजे त्यहाँ पुगेको हो ।
त्यसअघि उक्त टोलीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसँग मन्त्रालयमा दिउँसो ३ बजेदेखि झण्डै ४५ मीनेट कुराकानी गरेको थियो । दुबै भेटमा भएको कुराकानीबारे थप जानकारी दिइएको छैन ।
टिप्पणीहरू