चिनियाँ भाषा सिक्दै शिक्षा क्षेत्रका कर्मचारी

चिनियाँ भाषा सिक्दै शिक्षा क्षेत्रका कर्मचारी

शिक्षा क्षेत्रमा कार्यरत सरकारी कर्मचारीलाई चिनियाँ भाषाको प्रशिक्षण दिइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मातहतका निकाय, प्रदेश तथा स्थानीय तहमा कार्यरत शिक्षा सेवाका कर्मचारीलाई चिनियाँ भाषाको प्रशिक्षण दिन लागिएको हो । 

ग्वाङझाउ नगरपालिका विदेश मामिला कार्यालयको आयोजनामा माघ २८ गतेदेखि चैत ३ (फेब्रुअरी १० देखि मार्च १६) गतेसम्म अनलाइनमार्फत हुने प्रशिक्षणमा इच्छुक कर्मचारीलाई निवेदन पेश गर्न आह्वान गरिएको छ । 

मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवद्र्धन शाखाको इमेलमा यही माघ २१ गतेभित्र आफ्नो नाम, पद, नियुक्ति मिति, कार्यरत कार्यालय, संकेत नम्बर, इमेल, फोन नम्बर र विच्याट वा ह्वाटएसएपको विवरणसहित निवेदन दिन भनिएको छ ।

टिप्पणीहरू