बारको चुनाव चैतमा तय

बारको चुनाव चैतमा तय

मुलुकभरका कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति तय भएको छ । 

हिजो बसेको कार्यसमितिको बैठकले आगामी चैत २३ गते निर्वाचन गर्ने निर्णय गरेको हो । महासचिव अञ्जिता खनालले निर्वाचनका लागि पाँच सदस्यीय समिति गठन गरिने जानकारी दिइन् । 

‘चैत २३ गते निर्वाचन गर्ने तय भएको छ । निर्वाचन समितिमा रहने सदस्यहरुको नाम लगभग तय गरिसकिएको छ । तर, एकाधले नभ्याउने भन्नुभएपछि आज पुनः बैठक बसेर हामी टुंगो लगाउँछौं’,उनले भनिन् । 

हरेक तीन वर्षमा हुने बारको निर्वाचनमा देशभरका कानुन व्यवसायीले प्रत्यक्ष मतदान गर्दछन् । कार्यसमितिमा २५ सदस्य रहने व्यवस्था छ ।
 

टिप्पणीहरू