प्रधान सेनापतिको त्यो बयान,जसले ओलीलाई बयानका लागि ‘बाध्य’बनायो
एमाले अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गतेको प्रदर्शन र भोलिपल्टको जेन जी विध्वंशको छानबिन गर्न गठित आयोगलाई बयान दिने निश्चित भए पनि मिति र समय तय गरिएको छैन । तत्कालीन गृहमन्त्री रमेश लेखक भने पर्सि बयानका लागि आयोग जाँदैछन् ।
यसअघि तत्कालीन मुख्य सचिव एकनारायण अर्याल,प्रधानसेनापति अशोकराज सिग्देल,नेपाल प्रहरीका तत्कालीन र बहालरत महानिरीक्षकद्वय चन्द्रकुबेर खापुङ, दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, त्यतिबेलाका गृह सचिव गोकर्णमणि दुवाडी, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायत धेरै जनासँग आयोगले बयान लिइसकेको छ ।
नख्खू जेलबाट भागेका रवि लामिछाने, भदौ २३ र २४ मा खटिएका सुरक्षाकर्मीसँग पनि आयोगले बयान लिएको छ । अरुले बयानको क्रममा आफ्ना कुरा राखे पनि प्रधानसेनापति अशोक सिग्देलले भदौ २३ र २४ को घटनामा तत्कालीन प्रधानमन्त्री ओलीतर्फ तेर्स्याएका कारण ओली जसरी पनि वयानका लागि जानैपर्ने अवस्थामा पुगेको उच्च स्रोतको दावी छ ।
ओलीले पनि कुरो बुझेपछि घरमै बोलाएर भएपनि बयान दिने अडान राख्न थालेको बताइन्छ । गुण्डुका स्थानीय भएकाले गौरीबहादुरलाई चिया खाने हिसाबले आफ्नो निवासमा पठाउने व्यवस्था मिलाइदिन ओलीले सरकारी च्यानलमा खबर पठाइसकेको बुझिन्छ ।
आयोग स्रोत भन्छ, ‘अशोकले ओलीलाई बयानमा तान्न मिल्ने हिसाबले बयान दिएका छन् । अरु सबैले सामान्य ढंगले आफ्नो कुरा राख्दै बयान दिएका थिए । प्रधान सेनापतिका कारण बयान दिनैपर्ने भयो भनेर ओलीले कोर टिमलाई बृफ गरेका छन् ।’
टिप्पणीहरू