बालेनकै मान्छे सोध्छन् : पार्टीमा उनको हैसियत के ?

बालेनकै मान्छे सोध्छन् : पार्टीमा उनको हैसियत के ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहबीच आज बिहानीपख लिखित सहमति भएको छ । सहमति हस्ताक्षर हुँदा दुवै पक्षका गरेर एक दर्जन जति व्यक्ति उपस्थित थिए ।

रास्वपाका दुई उपसभापति डा. स्वर्णिम वाग्ले र डीपी अर्यालसँगै वार्ता टोलीका असिम साह र शिशिर खनाल पनि थिए । बालेनको तर्फबाट कुमार बेन,भुपदेव साहलगायतले भाग लिए ।

फागुन २१ गते चुनाव भएकै अवस्थामा पनि उम्मेदवारी दर्ता गरेको दिनदेखि बालेन मेयरको जिम्मेवारीबाट पदमुक्त हुनेछन् । 

बिहानीपख भएको सहमति बाहिर आएपछि बालेनका शुभचिन्तकहरुले सामाजिक सञ्जालमा ‘उधारो प्रधानमन्त्री नगदमा परिणत नहुञ्जेल बालेनको हैसियत र भूमिका के ?’ भनेर सोधेका छन् । लिखित सहमतिअनुसार सहकारी ठगीको आरोपमा मुद्दा खेपिरहेका रवि रास्वपा सभापति कायम छन् । तर,रविले बालेनलाई चुनाव भएपछि प्रधानमन्त्रीको उधारो आश्वासन दिएको देखिन्छ । 

प्रधानमन्त्री रविले दिँदैमा पाइने पद होइन । उनी यतिखेर काठमाडौं महानगरपालिकाको मेयर छन् । फागुन २१ गते चुनाव भएकै अवस्थामा पनि उम्मेदवारी दर्ता गरेको दिनदेखि बालेन मेयरको जिम्मेवारीबाट पदमुक्त हुनेछन् । 

नयाँ प्रतिनिधिसभामा मुलुकभरबाट चुनिएर आएका राजनीतिक दलका सांसदमध्ये बहुमत प्राप्त दलका नेता प्रधानमन्त्री बन्न सक्छन् । अहिलेको निर्वाचन प्रणाली र अवस्थामा कुनै पनि दलको स्पष्ट बहुमत आउने सम्भावना छैन ।

टिप्पणीहरू