निलम्बन फुकुवा गराउन रविको टोली सभामुखको दैलोमा
निलम्बित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन् ।

संघीय संसद्को हिउँदे अधिवेशन शुरु हुनै लाग्दा केही बेरअघि सिंहदरबार पुगेर उनले सभामुखलाई भेटेका हुन् । पार्टीका सांसदहरूलाई लिएर सभामुखको कार्यक्षमा पुगेका लामिछानेले आफ्नो पद निलम्बन फुकुवा गरिदिन मागसहित पत्र बुझाएको बताइएको छ ।

सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएसँगै चितवन- २ का निर्वाचित सांसद लामिछाने गत पुस ८ गतेदेखि निलम्बित छन् । यसअघि नागरिकता किर्तेमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि सांसद पद गुमाएका उनी उपचुनाव जितेर आएका हुन्।



टिप्पणीहरू