एमाले सांसदकी पत्नी छुटेको सहकारी मुद्दामा अध्यक्ष जेल चलान
मोरङको धनपालथान गाउँपालिका-४ स्थित उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भु राैनियार पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
सहकारी ठगीको मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो । अदालतको आदेशपछि रौनियार मोरङ कारागार चलान भएका छन् ।
संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलपत्नी अञ्जला कोइरालासमेत मुछिएको उमागौरी सहकारी ठगी प्रकरणमा रौनियार मुख्य आरोपी हुन् । यो मुद्दामा अञ्जलासहित…