आफ्नै तस्बिरमा श्रद्धाञ्जली लेखेपछि महेश बस्नेतको खोइरो
कोही आफन्त वा साथीभाइको निधन हुँदा फेसबुकलगायत सामाजिक सञ्जालमा सामान्यतयाः उनीहरुकै तस्बिर राखेर श्रद्धाञ्जली वा समवेदनाका शब्दभाव पोख्ने गरिन्छ । यसलाई स्वाभाविक पनि मानिन्छ ।
तर नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले भने आफ्नै फोटो राखेर अर्कालाई श्रध्दाञ्जली दिएका छन् । राष्ट्रिय युवा संघ नेपाल, नवलपुरका उपसचिव तथा कावासोती नगरपालिका–१ अध्यक्ष तवारक अहमद मियाँको हिजो गैँडाकोटमा आयोजित जिल्ला अधिवेशनमा बोलेलगत्तै हृदयाघातबाट निधन भएपछि आज श्रद्धाञ्जली दिने क्रममा बस्नेतले आफ्नै फोटो राखेका छन् ।
निधन भएका मियाँको तस्बिर राखिएको भए सान्दर्भिकता हुन्थ्यो । तर,बस्नेतले भने आफ्नो तस्बिर राखेर मियाँलाई श्रद्धाञ्जली दिएका छन् । बस्नेतको स्टाटसमा हरिश क्षेत्री लेख्छन्, ‘तेरो कहिले हुन्छ निधन, म पनि प्लेन चढेर मलामी आउने थिएँ । फोटो आफ्नो राखेर अर्कालाई श्रद्धाञ्जली दिने पहिलो मान्छे देखेँ ।’
मियाँलाई श्रध्दाञ्जली दिन र परिवारप्रति समवेदना प्रकट गर्न भरतपुर हुँदै नवलपुर जान लागेको बस्नेतले फेसबुकमार्फत जानकारी गराएका छन् । लेखेका छन्, ‘...तवारक अहमद मियाँकोको हृदयाघातका कारण निधन भएकोमा श्रद्धान्जली अर्पण गर्न र परिवारजनमा समवेदना प्रकट गर्न जाँदै ।’
उक्त स्टाटसमा निधन भएका मियाँको तस्बिर राखिएको भए सान्दर्भिकता हुन्थ्यो । तर,बस्नेतले भने आफ्नो तस्बिर राखेर मियाँलाई श्रद्धाञ्जली दिएका छन् । बस्नेतको स्टाटसमा हरिश क्षेत्री लेख्छन्, ‘तेरो कहिले हुन्छ निधन, म पनि प्लेन चढेर मलामी आउने थिएँ । फोटो आफ्नो राखेर अर्कालाई श्रद्धाञ्जली दिने पहिलो मान्छे देखेँ ।’
त्यस्तै, स्वर्णिम जिजिछाको प्रतिक्रिया छ, ‘फोटोमा माला भएन छ, तै पनि हार्दिक श्रद्धाञ्जली ।’
टिप्पणीहरू