अर्बौं पर्ने ५३ रोपनी जग्गा कसले खायो ?
– यदुनाथ बञ्जारा
पोखराको मुख्य प्रवेश नाका अमरसिंहचोकस्थित ५३ रोपनी जग्गा रहस्यमय ढंगले गायब भएको छ । अमरसिंह माध्यमिक विद्यालयको नाममा श्रेस्ता पुर्जासमेत रहेको कूल २०७ रोपनी जग्गामध्ये हाल १५४ रोपनी मात्रै बाँकी हुन आएको खुल्न आएको बुझिएको छ । ०३२ सालको नापीबमोजिम उक्त माविका नाममा २०७ रोपनी जग्गा कायम रहेको र सोहीबमोजिमको लालपुर्जा विद्यालयसँग रहेको प्रधानाध्यापक शेरबहादुर थापाले बताए । २०७२ सालमा जिल्ला नापी कार्यालय कास्कीले गरेको नापी (हाल साविक) म…