गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ)मा केवलकार निर्माण खारेजीको माग गर्दै ‘नो केवलकार’ समूहले काठमाडौँमा प्रर्दशन गरेको छ । उक्त समूहले आज गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै माइतीघर मण्डलामा नाराबाजी गरेकाे हाे । 

माघ १२ गते पहिचानवादी समूह र नो केवलकार समूहले पाथीभरा क्षेत्रमा आयोजना गरेको संयुक्त प्रदर्शनमा झडप हुँदा प्रहरीको गोली लागेर तीन जना घाइते भएका थिए । सरकारले प्रहरी प्रशासन प्रयोग गरेर स्थानीयमाथि दमन गरेको भन्दै प्रदर्शनकारीहरुले गृहमन्त्रीको राजीनामा मागेका हुन् । उनीहरुले प्रहरीलाई गोली चलाउन निर्देशन दिने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई पनि कारवाही गर्न माग गरेका छन् । 

प्रदर्शनकारीले ‘मुक्कुम्लुङमा सैन्यकरण बन्द गर’, ‘आदिवासीको भूमि फिर्ता गर’, ‘पवित्रस्थलमा केवलकार निर्माण तत्काल खारेज गर’, ‘असक्षम गृहमन्त्रीले राजीनामा दे’, ‘हजारौं प्रजातीका रुखहरू काट्ने विकास चाहिँदैन’, ‘सीडीओ लगायत दोषीलाई कारबाही गर’, ‘राज्यको आतंक बन्द गर’ लगायतका नारा लगाएका थिए ।

टिप्पणीहरू