न्याय परिषद्मा खड्का नियुक्त

न्याय परिषद्मा खड्का नियुक्त

वरिष्ठ अधिवक्ता दामोदर खड्का न्याय परिषद् सदस्य नियुक्त भएका छन् । 

कानुन व्यवसायीको तर्फबाट नेपाल बार एसोसिएशनको सिफारिसमा उनी आज उक्त पदमा नियुक्त भएका हुन् । संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (ङ) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई न्याय परिषद सदस्य नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

हिजो संसदीय सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेको थियो । बारको कोटामा न्याय परिषद्मा गएका रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि रिक्त पदमा खड्काको नाम सिफारिस भएको थियो  ।

टिप्पणीहरू