काँग्रेस–एमाले मिलेसम्म अरुले टाउको दुखाउनुको अर्थ छैन : सञ्चारमन्त्री

काँग्रेस–एमाले मिलेसम्म अरुले टाउको दुखाउनुको अर्थ छैन : सञ्चारमन्त्री

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई ठूला दलहरू नेपाली काँग्रेस र नेकपा एमाले मिल्दासम्म सरकारलाई कुनै अप्ठेरो नपर्ने बताउनुभएको छ । उहाँले पटक पटक अस्थिर सरकार बनेकाले दुई ठूला दल मिल्नुपरेको उल्लेख गर्नुभयो ।

नेकपा माओवादी केन्द्रलगयायत विपक्षी दलहरूले वर्तमान सरकार लामो समय नटिक्ने बताइरहँदा मन्त्रीको उक्त धारणा आएको हो । लमजुङको मस्र्याङदी गाउँपालिका –८ सिमलचौरमा निर्मित भूमिगत सिँचाइ आयोजनाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘प्रचण्ड, माधव नेपाललगायत विपक्षी दलका नेताहरुले सरकार ढल्ने भनेर हल्ला गर्नु बेकार छ । झिँगाको श्रापले डिँगा मर्दैन । ’

उहाँले पछिल्लो छ महिनामा सरकारले मुलुकको समस्याको पहिचान गरिसकेको दाबी गर्नुभएको छ । सरकारले गाउँमा विकास लैजाने क्रम बढाएकाले जनताले पनि उत्पादन र व्यावसायिकतामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

टिप्पणीहरू