बढुवापछि दर्जनौं एसपीको पदस्थापनसँगै सरुवा

बढुवापछि दर्जनौं एसपीको पदस्थापनसँगै सरुवा

नेपाल प्रहरीका साढे तीन दर्जन प्रहरी उपरीक्षक (एसपी) को जिम्मेवारी तोकिएको छ । प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट शुक्रबार बढुवा भएकासहित ३७ जना एसपीलाई पदस्थापन गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकामा कार्यरत एसपी कुलदिप चन्द जिल्ला प्रहरी परिसर काठमाडौं आएका छन् । प्रदेश प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका एसपी सुमित खड्कालाई विशेष ब्युरो राजनीतिक अन्वेषण शाखा ल्याइएको छ । 

काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्जमा कार्यरत एसपी ठाकुरप्रसाद पोखरेललाई मधेश प्रदेश प्रहरीको मानवस्रोत व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । 

नेपाल प्रहरी अस्पतालका एसपी मनोहरप्रसाद भट्ट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरुवा भएका छन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी अपराध अनुसन्धान तथा अभियोजना शाखामा कार्यरत एसपी दिपक गरीले भने सोही कार्यालयमा अन्वेषण योजना तथा विकास शाखाको जिम्मेवारी पाएका छन् । 

उपत्यका विशेष सुरक्षा प्रहरी गणका एसपी नवीनकृष्ण भण्डारीलाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा ल्याइएको छ भने जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी तिलक भारती अपराध अनुसन्धान विभाग पुगेका छन् ।

प्रहरी प्रधान कार्यालयको कार्यविभाग आतंकवाद नियन्त्रण शाखामा कार्यरत एसपी केशवकुमार थेपेलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा नक्साल खटाइएको छ । भर्ना छनौट शाखाका एसपी सूर्यबहादुर खड्कालाई अपराध अनुसन्धान विभाग लगिएको छ । जिप्रका सर्लाहीका एसपी दिपक श्रेष्ठलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय पुर्याइएको छ । 

यस्तै, लागूऔषध नियन्त्रण ब्यूरोमा कार्यरत एसपी प्रेमबहादुर शाहीलाई अपराध अनुसन्धान विभागमा ल्याइएको छ । सरुवाको विस्तृत विवरण संलग्न सूचीमा उल्लेख छ ।

टिप्पणीहरू