बेलायती राजाका भाइ र बुहारी पोखराबाट उक्लने
बेलायती राजा चार्ल्सका भाइ र बुहारी नेपाल आउन लागेका छन् । ड्युक अफ एडिनबर्ग भोलि दिउँसो नयाँ दिल्ली हुँदै र बुहारी डचेज अफ एडिनबर्ग पनि भोलि नै दोहा हुँदै काठमाडौं आउने कार्यक्रम छ ।
राजाका भाइ इण्डियन एअरलाइन्सको उडानमा दिउँसो २ बजे र बुहारी बिहान साढे १० बजे दोहाबाट कतार एअरवेजको उडानमा आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । माघ २७ गते स्वदेश फर्कने उनीहरु पोखरा र अन्नपूर्ण हिमालतिर ट्रेकिङमा जाने बुझिएको छ ।
बेलायती राजपरिवारका सदस्यहरु पोखरा बस्दा गोर्खा वेलफेयर कोषको कार्यक्रममा सहभागी हुनेछन् । नेपाल भ्रमणको अधिकांश समय घान्द्रुक र लान्द्रुक क्षेत्रमा घुमफिरमा बित्नेछ । उनीहरुको भ्रमणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,नेपाली सेनाले आवश्यक समन्वय र सहजीकरण गर्ने तालिका छ ।
काठमाडौं–पोखरा–काठमाडौं यात्रामा भने सेनाको हेलिकोप्टर प्रयोग हुने छ ।
टिप्पणीहरू