निफकाे जुरीमा सुरक्षा र दिपेन्द्रकाे इन्ट्री

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ)को निर्णायक मण्डलमा दुई जना जुरी थपिएका छन् । छोटो चलचित्र तथा वृतचित्रतर्फ निर्देशक दिपेन्द्र गौचन र फिचर चलचित्रतर्फ अभिनेत्री सुरक्षा पन्त निर्णायक टिममा भित्रिएका हुन्।
आगामी चैत ७ देखि ११ गतेसम्म आयोजना हुने निफको आठौँ संस्करणमा ४० देशका ८७ चलचित्र प्रदर्शन गरिदैँछ । बुसान, कान्स, लोकार्नो, बर्लिनजस्ता विश्वप्रतिष्ठित महोत्सवमा विभिन्न अवार्ड जितिसकेका चलचित्र नेपाली पर्दामा देखाउन लागिएको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए ।
उनका अनुसार दर्शकहरुले सिभिल मल र छायाँ सेन्टरमा आफ्नो अनुकूल चलचित्र हेर्न सक्नेछन् । त्यस्तै, पर्यटन बोर्ड र राष्ट्रिय सभा गृहमा विभिन्न छलफलका सत्रहरु सञ्चालन हुने बताइएको छ ।
महोत्सवको अन्त्यमा एउटा उत्कृष्ट चलचित्रले गौतम बुद्ध अवार्डसहित १५ सय अमेरिकी डलर पाउनेछ । त्यस्तै, उत्कृष्ट वृत्त चलचित्रले एक हजार डलर र उत्कृष्ट लघु चलचित्रलले पाँच सय डलर पाउनेछन् ।
टिप्पणीहरू