बिहे गर्दै अभिनेत्री पूजा, नगरकोटमा रिसाेर्ट ‘बुक’
अभिनेत्री पूजा शर्मा वैवाहिक बन्धनमा बाँधिन लागेकी छन् । उनले आगामी मंसिर २० गते प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्न लागेकी हुन् ।
दुई दर्जन चलचित्रमा अभिनय गरेकी पूजा र युद्ध विगत पाँच वर्षदेखि प्रेम सम्बन्धमा छन् । उनीहरुले संयुक्त रुपमा ललितपुरको झम्सिखेलमा ‘ट्याग’ नामक रेष्टुरेण्टसमेत सञ्चालन गर्दै आएका छन् ।
बिहेको लागि परिवारले भक्तपुरको नगरकोटस्थित फर्च्युन रिर्सोट समेत बुक गरिसकेको बुझिएको हो ।
उता लोक दोहारी गायिका सुनिता दुलाल पनि इन्गेजमेन्ट गरेकी छन् । उनले हिजो प्रेमी राजेश केसीसँग औँठी साटासाट गरेकी हुन् । त्यस्तै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले समेत मंसिर २ गते प्रेमी विशाल खरेलसँग इन्गेजमेन्ट गरेकी छन् । यद्यपि, उनको इन्गेजमेन्ट विवादमा परेको छ ।
टिप्पणीहरू