एमाले बैठकमा ज्योती मगर

एमाले बैठकमा ज्योती मगर

नेकपा (एमाले) जिल्ला कार्य समिति, रोल्पाको बैठकमा लोकदोहोरी गायिका ज्योती मगरको कुरा उठेको छ । पार्टी कमिटीले समानुपातिक सूची तयार पारिरहँदा ज्योतीको विषयले प्रवेश पाएको हो । 

नुवागाउँ घर भएकी ज्योती हालै युवा संघको प्रदर्शनमा सहभागी भएकी थिइन् । उनले समाजिक सञ्जालमार्फत् एमाले पंक्तिलाई राहत मिल्नेगरी विभिन्न अभिव्यक्तिसमेत दिँदै आएको देखिन्छ । उक्त पृष्ठभूमिमा जिल्ला कमिटीले ज्योतीलाई सक्रिय राजनीतिमा आउन अपील गर्ने र समानुपातिकको सूचीमा राख्नेबारे छलफल थालेको हो । 

‘१५ गतेसम्म पश्चिममै हुन्छु, कार्यक्रम सबै तय भइसकेको छ,यता खासै फोन लाग्दैन !’

‘कमिटीले मात्रै चाहेर हुँदैन,पहिला उहाँ (ज्योती)सँग छलफल गर्दैछौँ, उहाँ सकारात्मक हुनुभयो भने हामीले प्राथमिकतामै राखेका छौँ’, एक नेताले भने ।

उता, ज्योतीले भने यसबारे आफूलाई औपचारिक खबर नआएको बताएकी छन् । हाल पश्चिमी जिल्लाका कार्यक्रममा  व्यवस्त रहेकी उनले अहिलेसम्म कुनै नेताको फोन नआएको बताइन् । ‘अहिलेसम्म मलाई त्यस्तो केही खबर आएको छैन,आयो भने विचार गर्ने कुरा हो’, उनले जनआस्थासँग भनिन्, ‘१५ गतेसम्म पश्चिममै हुन्छु, कार्यक्रम सबै तय भइसकेको छ,यता खासै फोन लाग्दैन !’

टिप्पणीहरू