प्रेमीको विगतले साम्राज्ञीलाई फरक नपार्ने
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले इन्गेजमेन्ट विवादमा मुख खोलेकी छन् । उनले इन्स्टाग्राममार्फत विशाल खरेल विवाहित रहेको पहिले नै थाहा भएको र त्यसमा आफूलाई कुनै पश्चाताप नरहेको बताएकी हुन् ।
एक दर्जनभन्दा बढी चलचित्रमा काम गरेकी साम्राज्ञीले मंसिर १ गते जन्मदिनको अवसर आरेर ‘एस प्लस बी’को प्ले कार्डसहित इन्गेजमेन्ट गरेको तस्वीर सार्वजनिक गरेकी थिइन् । त्यतिबेला उनले प्रेमीको पहिचाना नखुलाए पनि केही दिनमै ती युवक विशाल खरेल रहेको र उनको दुई वर्षको छोरासमेत रहेको खुलेको थियो ।
त्यसयता एउटा परिवार टुक्राएको आरोप खेप्दै आएका साम्राज्ञीले आफूहरू सहमतिमै इन्गेजमेन्टका लागि तयार भएको बताएकी छन् । उनका अनुसार विशाल सुब्बा थरकी श्रीमतीसँग कानुनीरूपमा अलग भइसकेपछि मात्र औपचारिक प्रेम सम्बन्ध शुरु भएको हो ।
‘हामी त्यस्तो बेला भेटिएका थियौँ, जतिबेला हामीले आफैसँग आशा गुमाएका थियौँ, त्यहीबेला एकअर्कामो माया पायौँ’, उनले भनेकी छन्, ‘सबैको जस्तो हामीसँग पनि आ-आफ्नो विगत थियो, त्यसलाई आत्मसात गरेर अघि बढ्ने निर्णय गयौँ ।’
आफूले कहिल्यै कसैको परिवार तोड्ने नियत नराखेको साम्राज्ञीको दाबी छ । ‘उ मसँग भेट हुनुभन्दा पहिले नै अघि बढिसकेको थियो, र मसँग सम्बन्ध गाँसिएपछि यसलाई सुरक्षित राख्दै खुशी हुने बाचा गयौँ’, उनले खुलाइन ।
सिक्काको दुई पाटा भएझैँ हरेक मानिसको दुई पक्ष हुने भएकाले नकारात्मक विषयमा धेरै मजाक नगरिदिन पनि उनले आग्रह गरेकी छन् ।
टिप्पणीहरू