वसन्त चाडमा दिनहुँ करोडौं चिनियाँको यात्रा

वसन्त चाडमा दिनहुँ करोडौं चिनियाँको यात्रा

चीनमा परम्परागत नयाँ वर्ष वसन्त चाडको रौनक जारी छ । गत मंगलबारदेखि शुरु भएको चाडमा दिनहुँ करोडौंले यात्रा गरेका छन् । अस्ति शुक्रबार चाडको चौथो दिन चीन भित्र यात्रा गर्नेको संख्याले हालसम्मकै रेकर्ड कायम गरेको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार शुक्रबार ३० करोड ४० लाख चिनियाँले यात्रा गरेका हुन् । यो संख्या गतवर्षको तुलनामा यो वर्ष ६.९ प्रतिशतले बढी हो । 

वसन्त चाडको अवसरमा जनवरी १४ देखि फेब्रुअरी २२ तारिखसम्म चीनमा जल, स्थल, वायु र रेलका विभिन्न रुटमा ९० करोड यात्रा हुने अनुमान छ ।

टिप्पणीहरू