सभामुख भेट्न पुगे अख्तियार प्रमुख
सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई सिंहदरबारस्थित संसद सचिवालय पुगेका छन् । सभामुख घिमिरे र प्रमुख आयुक्त राईबीच आज बिहान साढे ११ बजेदेखि करिब २० मीनेट कुराकानी भएको छ ।
घिमिरेको कार्यकक्षमा भएको भेटवार्ताबारे थप जानकारी दिइएको छैन ।
आजै नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले पनि सभामुखसँग भेट गरेका छन् । उनले दिउँसो १ बजेपछि सभामुखको कार्यकक्षमा भेटेका हुन् ।
त्यस्तै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि सभामुख घिमिरेसँग भेटवार्ता गरेको बताइएको छ ।
उक्त भेटघाट यही माघ २८ गते हुने अख्तियार दिवसको निम्तोका सिलसिलामा भएको बुझिएको छ । यसअघि आजै बिहान १०:३० बजे राई र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतवीच पनि भेट भएको थियोे ।
टिप्पणीहरू