पूर्वको आन्दोलन राजधानीतर्फ मोडिँदै
ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणको विरोधमा कोशी प्रदेश केन्द्रित आन्दोलन गर्दै आएका पहिचानवादीहरुले राजधानीमा पनि प्रदर्शन गर्ने भएका छन् । केबलकार निर्माण र मुक्कुमलुङ अतिक्रमणविरुद्ध भोलिदेखि माइतीघर मण्डलामा सडक नाटक गर्न लागिएको छ ।
मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिको आयोजनामा ‘सरकार छातीमा गोली ठोकेर, हाम्रो अस्तित्वलाई ढाल्न सक्दैनौ’ भन्ने शीर्षकमा भोलि दिउँसो साढे १२ बजेबाट माइतीघर मण्डलामा सडक नाटकसँगै कविता सुनाउने कार्यक्रम छ । समितिले कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेको छ । लेखिएको छ, ‘तपाईँ हाम्रो सहभागिता, मुक्कुमलुङ संरक्षणका लागि बल पुग्नेछ ।’
पाथीभरा क्षेत्रमा उत्पन्न केबलकार निर्माणको लफडाले उग्र रुप लिइरहेको छ । केबलकारको विरोध गर्दै आएका पहिचानवादीहरुले गत माघ १५ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गरेका छन् । यातायात बन्दका कारण स्थानीयको दैनिकी र जनजीवन प्रभावित भएको छ ।
टिप्पणीहरू