सेतो एप्रोनसहित धर्नामा बसेका डाक्टर सडकमा ओर्लने

सेतो एप्रोनसहित धर्नामा बसेका डाक्टर सडकमा ओर्लने
सुन्नुहोस्

श्रम शोषणविरुद्ध आन्दोलनरत आवासीय चिकित्सकहरुले आज विरोध प्रदर्शन जारी राखेका छन् । विभिन्न अस्पतालमा कार्यरत डाक्टरहरुले बिहान ९ बजेदेखि १० बजेसम्म ‘पेन डाउन’ गरेर शान्तिपूर्ण धर्ना दिएका हुन् । 

त्यसक्रममा सेतो एप्रोन लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले ‘प्रोटेक्ट द ह्याण्ड्स अबाउट हिल्स’,‘मनले देश भन्छ, देशले विदेश भन्छ कहिलेसम्म ?’,‘इनफ इज इनफ’,‘इनफ भोइलेन्स अगेन्स्ट डाक्टर’,‘सुरक्षा खोइ सरकार ?’,‘यस्तो परिस्थिति कहिलेसम्म ?’,‘बोन्डिङ्ग प्रथा बन्द गर’,‘स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीले मिति २०८१–१०–१४ मा गरेको निर्णय फिर्ता गर’,‘चिकित्सा शिक्षा आयोगको एमडी–एमएस परीक्षा स्थगित गर’ लेखिएका प्लेकार्ड देखाएका थिए ।

‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ मार्फत आन्दोलन गरिरहेका आवासीय चिकित्सकहरुले सरकारी चिकित्सकसरह पारिश्रमिकको व्यवस्थाका साथै गत माघ १४ गते भएको निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । समितिले आज दिँउसो १ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने जनाएको छ ।
 

टिप्पणीहरू